aarthiknews.com बुधबार, १५ चैत्र २०७९   Wednesday, 29 March, 2023
 

सुदूरपश्चिम प्रदेश सरकारले दुई जना क्रिकेट खेलाडीलाई दुई लाख नगद दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०४ चैत्र २०७९
Prabhu Bank
Motor Head
सुदूरपश्चिम प्रदेश सरकारले दुई जना क्रिकेट खेलाडीलाई दुई लाख नगद दिने
nabil bank
LBF

सुर्खेत । आइसिसी विश्वकप क्रिकेट लिग–२ को महत्वपूर्ण खेलमा महत्वपूर्ण योगदान गरेको भन्दै राष्ट्रिय क्रिकेट टोलीका दुई जना खेलाडीलाई सुदूरपश्चिम प्रदेश सरकारले नगदसहित सम्मान गर्ने भएको छ । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई जनही दुई लाख रुपैयाँ पुरस्कार सहित सम्मान गर्ने भएको हो  । ।

 बिहीबार काठमाडौँमा सम्पन्न खेलमा युनाइटेड अरब इमिरेट्स (युएई)लाई डकवर्थ विधिमार्फत पराजित गर्दै नेपाल आगामी वर्ष जिम्बावेमा हुने एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा पुग्न सफल भएकामा खुसी व्यक्त गर्दै सुदूरपश्चिम प्रदेशले टोलीका महत्वपूर्ण खेलाडीद्वय ऐरी र सार्कीलाई पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । 

यस्तै प्रदेश सरकारले नेपाली टोलीका अर्का सदस्य सन्दीप जोरालाई एक लाख तथा आइसीसी विश्वकप क्रिकेट लिग–२ खेल्न नेपाली टोलीको अन्तिम १८ मा पर्न सफल सुदूरपश्चिमका कमलसिंह ऐरी र अर्जुन सावदलाई जनही ५० हजार रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ । 

प्रतिक्रिया दिनुहोस