
काठमाडौं । वाणिज्य कानुन समाज नेपालले चैत्र ३ गते सम्पत्ति सम्पत्ति निसर्ग र आयकर कानूनसम्बन्धी एकदिवसीय कार्यक्रम सम्पन्न गरेको छ । पैत्रिक सम्पत्ति निसर्ग सम्बन्धी विशेष प्रावधानका सन्दर्भमा आयोजित कार्यक्रममा बरिष्ठ अधिवक्ता शरद प्रसाद कोइरालाले कार्यपत्र प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रममा मुख्य टिप्पणीकर्ताको रुपमा राजश्व न्यायाधिकरणका अध्यक्ष न्यायाधीश टेकप्रसाद ढुंगाना, टिप्पणीकर्ताहरुमा वरिष्ठ अधिवक्ता महेश कुमार थापा, आन्तरिक राजश्व विभागका निर्देशक पदम कुमार श्रेष्ठ, चार्टर्ड एकाउन्टेन्ट्स किरणकुमार खत्री, उपन्यायाधिवक्ता हरिशंकर ज्ञवालीले कार्यपत्रमाथि टिप्पणी गरेका थिए ।
कार्यक्रममा बरिष्ठ अधिवक्ताहरु कोमलप्रकाश घिमिरे, उपेन्द्रकेशरी न्यौपाने, सुरेन्द्र थापा, बालकृष्ण ढकाल, ज्ञानेन्द्र प्रसाद पोखरेल, अधिवक्ता शुभनराज आचार्य, परशुराम कोइराला, उत्तमराज पाठक, समीर शर्मा, रमेश राजथला, ज्ञानेन्द्र सुवेदी, कृष्णप्रसाद वस्तीले कार्यपत्रमाथि छलफल एवं जिज्ञासा राखेका थिए ।
समाजका अध्यक्ष डा। अवतार न्यौपानेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सहजकर्ताको रुपमा वरिष्ठ अधिवक्ता तीर्थ बसौला रहेका थिए। साथै समाजका उपाध्यक्ष परशुराम कोइरालाले सहभागीहरुलाई स्वागत एवं कार्यक्रम संचालन समाजका सचिव डा रामहरि त्रिपाठीले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस