aarthiknews.com बुधबार, २० मंसिर २०८०   Wednesday, 06 December, 2023
 
Royal Enfield

अटो सञ्चालनको अनुमति पाउन पाँच वर्ष लागेपछि...

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०४ चैत्र २०७९
Global IME
अटो सञ्चालनको अनुमति पाउन पाँच वर्ष लागेपछि...
DHI
nmb

काठमाडौं । हिमाली जिल्ला सोलुखुम्बुमा यातायात सेवा प्रदान गर्दै आएको अटो रिक्सा (टेम्पो) सञ्चालनका लागि कानुनी प्रक्रिया पूरा भएको छ । अटो रिक्सा सञ्चालनका लागि पहिलो पटक शुक्रबार यातायात कार्यालय ओखलढुङ्गामा सोलुखुम्बु अटो प्रालि दर्ता भएसँगै जिल्लामा वैधानिक रुपमै अटो रिक्सा (टेम्पो) सञ्चालनको मान्यता पाएको हो ।

लामो समयको प्रयासपछि कम्पनी दर्ता भएसँगै २०७४ सालदेखि जिल्लामा अवैधानिक रुपमा सञ्चालित अटो रिक्सा वैधानिक रुपमा सञ्चालन गर्ने बाटो खुलेको अटो प्रालिका अध्यक्ष मौजन थुलुङले बताए । व्यावसायिक रुपमा अटो रिक्सा सञ्चालानका लागि कम्पनी दर्ता अनिवार्य भए पनि कानुनी झन्झटका कारण लामो समयदेखि जिल्लामा अटो कानुनी प्रक्रिया पूरा नगरी नै सञ्चालनमा थिए । 

आफू अध्यक्षमा चयन भएसँगै अटो रिक्सालाई एकीकृृत गरी कानुनी दायरामा ल्याउन लागिपरेको अध्यक्ष थुलुङले बताए । लामो समयको मेहनत र प्रयासपश्चात् आफूहरुले वैधानिकता पाएको अध्यक्ष थुलुङको भनाइ छ । हाल जिल्लामा करिब ५० अटो रिक्सा सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस