कैलालीमा नेकपा नेताको गाडीमा आगजनी - Aarthiknews
aarthiknews.com बुधबार, ०१ असोज २०७६   Wednesday, 18 September, 2019
 

कैलालीमा नेकपा नेताको गाडीमा आगजनी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ भदौ २०७६
Sunrise bank
कैलालीमा नेकपा नेताको गाडीमा आगजनी
LBEF
NCH-IPS

कैलाली । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कैलालीका नेता गौरी प्रसाद जोशीको गाडीमा आगजनी भएको छ ।

कैलालीको घोडाघोडी नगरपालिका १ सुन्दरपुरमा नेकपाका नेता जोशीको आफ्नै घरमा पार्किङमा राखिएको बा ९ च ६५९७ नम्बरको स्कारपियो गाडीमा गएराति आगजनी भएको हो । आगजनी कसले ग¥यो भन्ने खुलेको छैन ।

घटनामा संलग्नहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले बताए । जोशी तत्कालीन माओवादी केन्द्रका केन्द्रीय सदस्य थिए ।

प्रतिक्रिया दिनुहोस