aarthiknews.com बुधबार, १५ चैत्र २०७९   Wednesday, 29 March, 2023
 

बढ्न थाल्यो विदेशी लगानी प्रतिवद्धता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ चैत्र २०७९
Prabhu Bank
Motor Head
बढ्न थाल्यो विदेशी लगानी प्रतिवद्धता
nabil bank
LBF

काठमाडौं । चालु आर्थिक वर्षको फागुन महिनामा विदेशी लगानी प्रतिवद्धता बढेको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत माघ महिनाको तुलानामा फागुनमा लगानी प्रतिवद्धता बढेको देखिएको हो ।

विभागका अनुसार यस अवधिमा १ अर्ब ९२ करोड ९० लाख रुपैयाँको विदेशी लगानी प्रतिवद्धता आएको छ । जबकी यो रकम माघ महिनामा एक अर्ब ३९ करोड रुपैयाँ बराबरको रहेको थियो ।

यस अवधिमा १५ वटा उद्योगका लागि सो बराबरको लगानी प्रतिवद्धता आएको हो । विभागका अनुसार नयाँ कम्पनी र कम्पनीको शेयर खरिदका लागि ८ उद्योगका लागि एक अर्ब ५२ करोड ८ लाख ३८ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । जसबाट ८७३ जनालाई रोजगारी प्रस्ताव भएको छ । 

विभागका अनुसार चालु आवको साउनदेखि फागुन मसान्तसम्म २० अर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । यस अवधिमा १५९ वटा उद्योगका लागि लागि २० अर्ब ५६ करोड रुपैैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो । 

यस अवधिमा सबै भन्दा बढि लगानी सेवा मुलक क्षेत्रमा आएको छ । त्यस्तै उत्पादन मुलक क्षेत्र, उर्जा मुलक क्षेत्र, कृषि मुलक क्षेत्र, पर्यटन मुलक क्षेत्र, खनिज मुलक क्षेत्र, पुर्वाधार मुलक क्षेत्र र सूचना प्रविधि मुलक क्षेत्रका लागि सो बराबरको लगानी प्रतिवद्धता आएको हो । यस अवधिमा सबैभन्दा कम लगानी प्रतिवद्धता खनिज मुलक क्षेत्र र सूचना प्रविधिमुलक क्षेत्रमा रहेको छ । 

विभागका अनुसार फागुन महिनासम्मका लगानीकर्ताहरु १२३ जना रहेका छन् भने प्रतिनिधि तर्फ २९ जना रहेका छन् । त्यस्तै आश्रित लगानीकर्ताहरुको संख्या ७५ रहेको विभागले जनाएको छ । चालु आवको फागुनमा लगानीकर्ताहरुले ३३ करोड ३० लाख ९१ हजार रुपौयँ बराबरको रोयल्टी संकलन गरेका छन् 

प्रतिक्रिया दिनुहोस