aarthiknews.com बुधबार, १५ चैत्र २०७९   Wednesday, 29 March, 2023
 

इसेवा मनि ट्रान्स्फरको बम्पर उपहारमा प्राप्त हुने घर सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ चैत्र २०७९
Prabhu Bank
Motor Head
इसेवा मनि ट्रान्स्फरको बम्पर उपहारमा प्राप्त हुने घर सार्वजनिक
nabil bank
LBF

काठमाडौं । विश्वका दुईसय भन्दा धेरै मुलुकबाट रेमिटेन्स भित्राउँदै आएको इसेवा मनि ट्रान्स्फरले हाल सञ्चालन गरिरहेको ‘मेरो डिजिटल देश’ अभियानका विजेतालाई प्रदान गरिने घर सार्वजनिक गरेको छ । इसेवाले ६ महिना अघि ‘मेरो डिजिटल देश’ अभियान सुरुवात गरेको हो। यस अभियानमा इसेवा मनि ट्रान्स्फर मार्फत रेमिटेन्स पठाउने एक जना सेवाग्राहीले काठमाडौंमा घर जित्न सक्नेछन् ।  

कम्पनीले हालै मात्र यस अभियानमा विजेता बन्ने सेवाग्राहीलाई प्रदान गर्ने घर सार्वजनिक गरेको हो । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ४ इमाडोल, बोजेपोखरीमा ३ आना क्षेत्रफलमा बनेको साढे दुईतल्लाको घर कम्पनीले बम्पर उपहार स्वरुप प्रदान गर्नेछ । साथै सेवाग्राहीहरुको उत्साह एवं सहभागितालाई मध्यनजर गर्दै कम्पनीले यो योजना २ महिनाको लागि थप गरी २०८० साल जेठ ६ गतेसम्म सञ्चालन गर्ने निर्णय पनि गरेको छ। सेवाग्राहीहरू यस अबधिमा इसेवा मनि ट्रान्स्फरमार्फत रकम पठाउँदा बम्परमा योजनामा स्वतः सहभागी हुनेछन् । 

घर सार्वजनिक तथा दुई महिना अभियान थप गरिएको विषयमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले भन्नुभयो ‘ विदेशमा रहनु भएका नेपालीहरुको उत्साहजनक सहभागिता एवं सेवाग्राहीहरुलाई बम्पर उपहार जित्ने अझ धेरै मौका प्रदान  गर्नको लागि यो योजना २ महिना थप गरिएको छ। यस योजनामा आम नेपालीको उत्साहजनक सहभागीताका साथै उहाँहरुले अभियान केही थप गर्नका लागि गरेको अनुरोधलाई मध्यनजर गर्दै यस योजनाको अवधी थप गरिएको हो । साथै यसबाट धेरै भन्दा धेरै नेपालीहरु काठमाडौंमा घर जित्ने मौकामा सहभागी समेत हुन सक्नुहोस् भन्ने् हाम्रो कामना छ ।’ बम्पर उपहारको छनौट प्रक्रिया २०८० साल जेठ १२ गते गरिने कम्पनीको भनाई छ ।

इसेवा मनि ट्रान्स्फरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ६० लाख भन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ । इसेवा मनि ट्रान्स्फरले सेवाग्राहीहरुलाई आफ्ना १२ हजार भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख १२ हजार भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड ६० लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो । 

प्रतिक्रिया दिनुहोस