मोदी र ओलीले स्विच थिचेर यसरि गर्दैछन् पेट्रोलियम पाइपलाईन उद्घाटन (स्थलगत तस्बिर सहित) - Aarthiknews
aarthiknews.com आइतबार, २९ भदौ २०७६   Sunday, 15 September, 2019
 

मोदी र ओलीले स्विच थिचेर यसरि गर्दैछन् पेट्रोलियम पाइपलाईन उद्घाटन (स्थलगत तस्बिर सहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ भदौ २०७६
Sunrise bank
मोदी र ओलीले स्विच थिचेर यसरि गर्दैछन् पेट्रोलियम पाइपलाईन उद्घाटन (स्थलगत तस्बिर सहित)
LBEF
NCH-IPS

 

काठमाडौँ । नेपाल-भारत पेट्रोलियम पाइपलाईनको उद्घाटन आज (मंगलबार) दिउँसो १२ बजे हुँदैछ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो निवासबाट स्वीच थिचेर भारतबाट डिजल पठाउने र नेपालका प्रधानमन्त्री केपी शर्मा  ओलिले सिहदरबारबाट  स्वीच थिचेर नेपालको भण्डारमा तेल झार्ने विधिबाट प्रट्रोलियम पाइपलाइनको उद्घाटन हुनेछ।


यसरि कम्प्युटरकै माध्यमले पाइपलाइन बन्द र खुला गर्न अमलेखगञ्जमा कन्ट्रोल रुम बनाईएको छ। यो पेट्रोलियम पाइपलाइनलको दैनिक २४ घण्टासम्म संचालन हुन सक्नेगरि निर्माण गरिएको छ। तर, हाललाई भने पुर्ण क्षमतामा चलाउने योजना नरहेको बताइएको छ । कन्ट्रोल रुमका प्राविधिकका अनुसार प्रती घन्टा २९४ किलोलिटर तेल पाइपबाट नेपाल भित्रन सक्छ।



नेपाल आयल निगमका अनुसार पाइपलाइनबाट तेल आएको दिनदेखि नै बजारमा पठाउने योजना  छ। तेल सुरूमा प्रमुख शहर काठमाडौं, पोखरा र अमलेखञ्जमा पठाइने छ । अमलेखगन्ज डिपोमा पाइपलाइनबाट आएको तेल भण्डारणका लागि ४ वटा ट्याङ्की राखिएका छन्। ४१ सय किलोलिटर क्षमताका दुई वटा र ३९ सय किलोलिटर क्षमताका दुई वटा ट्याङ्की निर्माण भैसकेका छन्। हाल ती ट्याङ्कीमा तेल भरेर राखिएको छ।



मंगलबारदेखि संचालनमा आउने यो पाइपलाईन २ अर्व ७५ करोड लागतमा निर्माण भएको हो । यस पाइप लाईनबाट तेल ल्याउदा चार सय वटा ट्याङकर विस्तापित हुने निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए। उनले भने 'हामी व्यापारीलाई मार्का नपर्ने तरिकाले ट्याङकर विस्थापित गर्छौ।'


जमीनमुनी साढे दुई मिटर तल तथा पौने ११ इञ्चको माइल स्टिल भन्ने कालो रङ्गको पाइप राखिएकोले यो पाइपलाइनमा  खिया  लाग्दैन । मंगलबारबाट यो पाइपलाईन संचालनमा आएपछि नेपाल-भारत सिमा अन्तर्गतको रक्सौल नाकामा देखिने ट्राफिक जामको समस्या समेत हट्ने बिश्वास गरिएको छ । यस अलावा पेट्रोलियम पदार्थमा हुने चोरी तथा अनियमितता पनि नियन्त्रण हुने विश्वास जानकारहरुले लिएका छन् ।  

प्रतिक्रिया दिनुहोस