
काठमाडौं । आरकेडी होल्डिंग्स लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । सर्वसाधारणमा आईपीओ जारी गर्ने प्रस्ताव पारितका लागि कम्पनीले चैत २५ गते छैठौं वार्षिक साधारण सभा बोलाएको छ ।
चैत २ गतेको सञ्चालक समितिको बैठकले ह्वाइट हाउस सेरेन प्यालेस, सिर्जना चोक, पोखरामा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले आईपीओको प्रस्ताव पारित गरेपछि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिने प्रक्रिया अघि बढाउँने जानकारी कम्पनीले दिएको छ ।
साथै गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै कम्पनीको पूँजी बृद्धि गर्ने भएकाले सोही बमोजिम प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
यो कम्पनी रियल स्टेट कम्पनी हो । कम्पनीले विभिन्न केवलकार, होटल, बिजबजार लगाएतका परियोजनामा लगानी गरेको छ ।
प्रतिक्रिया दिनुहोस