aarthiknews.com आइतबार, १४ जेठ २०८०   Sunday, 28 May, 2023
 

बाराही हाइड्रोपावरले बोलायो साधारण सभा, ६ सञ्चालकको निर्वाचन हुदैं

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ चैत्र २०७९
Prabhu Bank
बाराही हाइड्रोपावरले बोलायो साधारण सभा, ६ सञ्चालकको निर्वाचन हुदैं
NIBL

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले चैत २७ गते सातौं वार्षिक साधारण सभा आव्हान गरेको छ । चैत २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अनुपम फुडल्याण्ड एण्ड बैंक्वेट, बत्तिसपुतली, गौशाला, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै ६ सञ्चालक निर्वाचन गर्नेछ । संस्थापक तर्फबाट ४ जना र सर्वसाधारणतर्फबाट एक जना सञ्चालकसँगै एक जना स्वतन्त्र सञ्चालक निर्वाचनको कार्यक्रम सभाका लागि तय भएको हो । 

कम्पनीले लाभांश सम्बन्धि प्रस्ताव भने गरेको छैन् । साधारण सभा प्रयोजनका लागि चैत १३ गते एक दिन बुक क्लोज गर्ने जानकारी कम्पनीले दिएको छ । बुक क्लोजको आधारमा चैत १२ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् । 
 

प्रतिक्रिया दिनुहोस