बिमा कम्पनीहरुको ध्यान सहकारीतर्फ मोडिदै - Aarthiknews
aarthiknews.com बुधबार, ०१ असोज २०७६   Wednesday, 18 September, 2019
 

बिमा कम्पनीहरुको ध्यान सहकारीतर्फ मोडिदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ भदौ २०७६
Sunrise bank
बिमा कम्पनीहरुको ध्यान सहकारीतर्फ मोडिदै
LBEF
NCH-IPS

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकलाई बिमा पोलेसी बिक्री गर्न रोक लगाएपछि बिमा कम्पनीहरु सहकारी संस्थातर्फ आकर्षित हुन थालेका छन् । बिमा कम्पनीले व्यवसाय विस्तारका लागि सहकारीका संघहरुका साथै प्रारम्भिक संस्थाहरुसँग सम्झौता गर्न थालेका छन् । 

बिमा कम्पनीले बैंक तथा वित्तीय संस्थाहरुका साथै सहकारीहरुलाई संस्थागत एजेन्ट बनाएर विभिन्न पोलेसीहरु बिक्री गर्दै आएका थिए । बैंकहरुले ऋणीलाई अनिवार्य बिमा गर्न बाध्य पारेको गुनासो बढेपछि राष्ट्र बैंकले बैंकहरुलाई कडाई गरिसकेको छ । 

बैंकमा कडाइ गरेपछि बिमा कम्पनीहरुको ध्यान सहकारीतर्फ केन्द्रित भएको हो । यो समाचार आजको कारोबार दैनिकमा छापिएको छ । 

प्रतिक्रिया दिनुहोस