डिजेलबाट चल्ने गाडीलाई पनि विद्युतीय बनाउन सकिने - Aarthiknews
aarthiknews.com आइतबार, २९ भदौ २०७६   Sunday, 15 September, 2019
 

डिजेलबाट चल्ने गाडीलाई पनि विद्युतीय बनाउन सकिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ भदौ २०७६
Sunrise bank
डिजेलबाट चल्ने गाडीलाई पनि विद्युतीय बनाउन सकिने
LBEF
NCH-IPS

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले डिजेलबाट चल्ने पुराना भ्यानलाई कात्तिकभित्र विद्युतीय प्रणालीमा परिवर्तन गरिने बताएको छ। 
आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा केन्द्रका संस्थापक महावीर पुनले गाडी परिवर्तनका लागि ब्याटी र मोटर जोड्न बाँकी रहेको जानकारी दिए। दशैंसम्ममा चीनबाट गाडीका ब्याट्री र मोटर ल्याइने र कात्तिकभित्र विद्युतबाट चल्ने बनाइने उनले बताए।

केन्द्रले जेठदेखि जापानी अटो कम्पनी मित्सुबिसीको भ्यानलाई विद्युतीय गाडीमा परिवर्तन गर्ने काम गरिरहेको छ । केन्द्र संस्थापक पुनले इन्जिनीयरिङ पढिरहेका पाँच विद्यार्थीद्वारा गाडी बनाउने कामको थालनी गरेका थिए ।

नेपालमा डिजेल/पेट्रोलबाट चल्ने पुराना थोत्रा गाडीलाई विद्यतीय प्रणालीबाट चल्ने बनाएर इन्धनका लागि बाहिरिने रकम रोक्न सकिने उनको विश्वास छ । सोही उद्देश्यले आफूले यसलाई अभियानकै रूपमा अघि बढाएको समाचार आजको अर्थिक अभियान दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस