aarthiknews.com बुधबार, १५ चैत्र २०७९   Wednesday, 29 March, 2023
 

नेपाल विश्वकप छनाेटमा, युएईलाई ९ रनले हरायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ चैत्र २०७९
Prabhu Bank
Motor Head
नेपाल विश्वकप छनाेटमा, युएईलाई ९ रनले हरायो
nabil bank
LBF

काठमाडौं । नेपालले युएईसँग खेलेको महत्वपूर्ण खेलमा रोमाञ्चक जित हासिल पारेको छ । ५ ओभरको खेल बाँकी रहँदा नै नेपालले डक वर्थ (डिएल) को आधारमा जित निश्चित गरेको हो । योसँगै नेपाल अर्को वर्ष हुने विश्ककप क्रिकेट खेल्न पाउने छ । नेपाल डक वर्थ (डिएल) प्रणालीमा ९ रनले अगाडी रहेका कारण विजयी बनेको हो ।

४४ ओभर सकिँदा खराव प्रकाशका कारण अम्पायरले खेल रोक्नुअघि नेपालले २६९ रन बनाएको थियो भने डीएल प्रणालीमा २६७ रन आवश्यक थियो । नेपालले एकदिवशीय अन्तर्राष्ट्रियमा लगातार छैटौं जित निकालेको हो । यो एकदिवशीय अन्तर्राष्ट्रियमा नेपालको लगातार जित कीर्तिमानसमेत हो । 

यस खेल नेपालले जितेसंगै आगामी वर्ष जिम्बावेमा हुने एकदिवसीय विश्वकप ग्लोबल छनोट खेल खेल्न पाउने छ । नेपाल लिग २ का ३५ मध्ये १८ मा जित र १५ मा हारसहित ३८ अङ्कका साथ नेपाल तालिकाको चौथो स्थानमा थियो । अब भने तेस्रो बनेको छ ।  नामिबिया यसअघि तेस्रो स्थानमा रहेकोमा नेपालले तयसलाई पछि पार्दै विश्वकपमा आफ्नो सिट सुरक्षित गरेको हो । 

प्रतिक्रिया दिनुहोस