aarthiknews.com मंगलबार, २३ जेठ २०८०   Tuesday, 06 June, 2023
 

हकप्रद शेयर जारी गर्न मल्टीपर्पस फाइनान्सले दियो सेबोनमा निवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ चैत्र २०७९
हकप्रद शेयर जारी गर्न मल्टीपर्पस फाइनान्सले दियो सेबोनमा निवेदन
NIBL

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले हकप्रद शेयर निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ ।

कम्पनीले हाल कायम चुक्तापूँजीको ३५ प्रतिशत अर्थात् १ः०.३५ अनुपातमा रू. १ सय अंकित दरका १५ लाख ८२ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न फागुन २९ गते सेबोनमा निवेदन दिएको हो । 

कम्पनीको विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी ४५ करोड २० लाख रहेको छ । ३५ प्रतिशत हकप्रद शेयर निष्काशन पश्चात् पूँजी ६१ करोड २ लाख पुग्नेछ ।
 

प्रतिक्रिया दिनुहोस