
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले दुई इन्स्योन्ससहित तीन कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बिहिबार हिमालयन एभरेष्ट इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्यारेन्स र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन गरेको हो ।
नेप्सेका अनुसार हिमालयन एभरेष्ट इन्स्योरेन्सको २.७५ प्रतिशत बोनसपछिको शेयरमूल्य ४०८.७६ रुपैयाँमा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार ४२० रुपैयाँमा भएको थियो ।
त्यस्तै, प्रुडेन्सियल इन्स्यारेन्स कम्पनीको शेयरमूल्य ४००.६८ रुपैयाँमा समायोजन भएको छ । नेप्सेले कम्पनीको ३.३२५ प्रतिशत बोनसपछिको शेयरमूल्य समायोजन गरेको हो । इन्स्योरेन्सको अन्तिम कारोबार ४१४ रुपैयाँमा भएको थियो ।
नेप्सेका अनुसार स्वाभिमान लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत बोनसपछिको शेयरमूल्य १०५० रुपैयाँमा समायोजन भएको छ । संस्थाको अन्तिम कारोबार १२६० रुपैयाँमा भएको थियो ।
प्रतिक्रिया दिनुहोस