aarthiknews.com बुधबार, १५ चैत्र २०७९   Wednesday, 29 March, 2023
 

नेप्सेमा सामान्य अंकको गिरावट, दुई कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ चैत्र २०७९
Prabhu Bank
Motor Head
नेप्सेमा सामान्य अंकको गिरावट, दुई कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढ्यो
nabil bank
LBF

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहिबार सामान्य अंकको गिरावट आएको छ । आज नेप्से ५.३२ अंकले घटेर एक हजार ९ सय ३३ दशमलब ३१ विन्दुमा पुगेको हो । 

त्यस्तै, आज नेप्सेमा एक अर्ब १४ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका ९२ कम्पनीको शेयरमूल्य बढेको छ भने ११९ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।  

नेप्सेका अनुसार घटेको बजारमा दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १६०४.२० रुपैयाँ पुगेको छ भने शुभम पावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ५१६ रुपैयाँ पुगेको छ ।    

नेप्सेका अनुसार लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एनआइसी एशिया बैंकको भएको छ । यस कम्पनीको आज ४ करोड ९४ लाख भन्दा बढीको कारोबार भएको छ ।                        
 

प्रतिक्रिया दिनुहोस