aarthiknews.com बुधबार, १५ चैत्र २०७९   Wednesday, 29 March, 2023
 

भारतमा आयो नयाँ भाइरस, ‘एचथ्री एनटू’बाट मृत्यु हुनेको संख्या ९ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ चैत्र २०७९
Prabhu Bank
Motor Head
भारतमा आयो नयाँ भाइरस, ‘एचथ्री एनटू’बाट मृत्यु हुनेको संख्या ९ पुग्यो
nabil bank
LBF

काठमाडौं । भारतको राजधानी नयाँदिल्लीसहित महाराष्ट्र र गुजरातलगायतका राज्यमा नयाँ भाइरस फेलिएको छ । ‘एचथ्री एनटू’ नामक नयाँ भाइरसबाट अहिलेसम्म भारतमा ३५२ जना संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या ९ पुगेको छ । 

सबैभन्दा बढी महाराष्ट्रमा यसको प्रभाव देखिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । बीएमसीकाअनुसार मुम्बईमा मात्रै ३२ जनामा संक्रमओ पुष्टि भएको छ । 

‘एचथ्री एनटू’ को खतरा बढ्दै गएपछि त्यहाँका मुख्यमन्त्री एकनाथ शिन्देले आज स्वास्थ्य अधिकारीहरूसँग बैठकसमेत डाकेका छन् । बैठकमा उपमुख्यमन्त्री देवेन्द्र फडणवीस र स्वास्थ्यमन्त्री तानाजी सावन्त पनि सहभागी हुनेछन् ।

बिरामीहरूले लामो समयसम्म खोकी लाग्ने, ज्वरो आउने र श्वासप्रश्वाससम्बन्धी समस्या देखिने गरेको छ ।  

प्रतिक्रिया दिनुहोस