सुहुलियत पसलमा बजरकै मूल्य - Aarthiknews
aarthiknews.com बुधबार, ०१ असोज २०७६   Wednesday, 18 September, 2019
 

सुहुलियत पसलमा बजरकै मूल्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ भदौ २०७६
Sunrise bank
सुहुलियत पसलमा बजरकै मूल्य
LBEF
NCH-IPS

काठमाडौंं । चाडपर्वलाई लक्षित गरेर सञ्चालन गरिएका सहुलियत पसलमा विग मार्टकै मूल्य कायम गरिएको छ। उपभोक्तालाई राहत दिनका लागि सञ्चालन गरिएका सामानको मूल्य बजार मूल्य सरह नै रहको पाइएको छ। सहुलित पसलमा चिनी प्रतिकेजी ७२ रुपैयाँ निर्धारण गरिएको छ। विगमार्टमा पनि चिनी प्रतिकेजी ७२ रुपैयाँ छ । 

उपभोक्तालाई राहत दिनका लागि सञ्चालन गरेका पसलमा बजार मूल्य बराबरकै सामान राखिएको हुँदा उभपोक्तालाई कुनै राहत नमिलेको उपभोक्ताबादीको भनाई छ । अन्य खाद्यान्न पनि बजार मूल्यकै हाराहारीमा सुपथ पसलमा राखिएको छु उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले भने, ‘सहुलियत दिने भनेर सरकारले कर्मकान्डी गर्ने काम गरेको छ।’

सहुलियतका नाममा कम गुणस्तरका सामान विक्रि हुने गरेको उनको भनाई छ । सोमबार आयोजित कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले एकीकृत सहुलियत पसलको उद्घाटन गदै बजारमा व्यवस्थित गर्नुका साथै उपभोक्ता नठगिउन भनेर सुपथ पसल सञ्चालन गरेको बताए।

काठमाडौं उपत्यकासँगै विभिन्न जिल्लका ७३ स्थानमा सहुलियत पसल सञ्चालन गरिएको छ । चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि सरकारले सहुलियत पसल सञ्चालन गर्न लागिएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्र्तगतका संयोजनमा साल्टट्रेडिङ्ग कर्पोरेशन, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र दुग्ध विकास संस्थान (डिडिसि) ले सहुलियतमा सामान उपलब्ध गराएका छन्। यो समाचार अजाको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस