आजबाट पाइपलाइनमा इन्धन - Aarthiknews
aarthiknews.com बुधबार, ०१ असोज २०७६   Wednesday, 18 September, 2019
 

आजबाट पाइपलाइनमा इन्धन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ भदौ २०७६
Sunrise bank
आजबाट पाइपलाइनमा इन्धन
LBEF
NCH-IPS

काठमाडौं । लामो समयदेखि चर्चामा रहेको पेट्रोलियम पाइपलाइनको आज औपचारिक उद्घाटन हुँदैछ । नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीले औपचारिक रूपमा मंगलबार १२:१५ मा रिमोटबाट स्वीच अन गरेर पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्ने कार्यक्रमतय भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीबाट र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट पाइपलाइनको स्वीच अन गरेपछि मोतिहारीबाट तेल पठाउने र बाराको अमलेखगन्जमा तेल झर्नेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार, भारतीय प्रधानमन्त्रीको कार्यालय नेपाल आयल निगमको अमलेखगञ्ज डिपो तथा भारतीय आयल निगमको मोतीहारी डिपोलाई प्रत्यक्ष भिडियोमा जोडिने कार्याक्रमसमेत छ । प्रधानमन्त्री ओली, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, मुख्यसचिव र उद्योग तथा वाणिज्य मन्त्रालयका दुई जना सचिवसहितको टोली सिंहदरबारमा हुनेछन् । 

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल र पेट्रोलियम पाइपलाइन परियोजनाका नेपाली तथा भारतीय प्रमुखहरू अमलेखगञ्जस्थित डिपोमा हुनेछन् ।

मोतिहारीका इन्डियन आयल कर्पोरेशन (आइओसी) प्रमुखले निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेललाई पारदर्शी देखिने जारमा डिजेल हस्तान्तरण गर्ने कार्यक्रम रहेको मन्त्रालयले जानकारी दिएको छ । 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो निवासबाट स्वीच थिचेर डिजेल पठाउने र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सिहदरबारबाट स्वीच थिचेर रिसिभ गर्ने कार्यक्रम रहेको छ । यो समाचार आजको कारोबार दैनिकम प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस