aarthiknews.com बुधबार, १५ चैत्र २०७९   Wednesday, 29 March, 2023
 

सत्तारुढ दश दलको बैठक बालुवाटारमा सुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ चैत्र २०७९
Prabhu Bank
Motor Head
सत्तारुढ दश दलको बैठक बालुवाटारमा सुरु
nabil bank
LBF

काठमाडौं । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीलगायत सत्तारुढ दश दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका अनुसार बैठकमा यही चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचन र मन्त्रिपरिषद् विस्तारलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलगायत दश दलभित्रबाटै उपराष्ट्रपतिका लागि तीन जना उम्मेदवार हुन । 
    
बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर, नेपाल समाजवादीका अध्यक्ष डा बाबुराम भट्टराई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सीके राउत र आमजनता पार्टीका अध्यक्ष प्रभु शाहलगायत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस