अन्तशुल्क स्टिकर नटास्ने उद्योगलाई सात कारोड जरिवाना - Aarthiknews
aarthiknews.com आइतबार, २९ भदौ २०७६   Sunday, 15 September, 2019
 

अन्तशुल्क स्टिकर नटास्ने उद्योगलाई सात कारोड जरिवाना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ भदौ २०७६
Sunrise bank
अन्तशुल्क स्टिकर नटास्ने उद्योगलाई सात कारोड जरिवाना
LBEF
NCH-IPS

बाँके ।  नेपाल पान मसला उद्योगले विक्रि वितरण गर्ने पान मसलामा अन्तशुल्क स्टिकर नभएकोभन्दा राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।  बाँके जिल्ला नेपालगंज उपमहानगपालिक वडा नं १ खजुरा रोडमा हरेको उद्योगका  प्रोप्राइटर कुतबुद्दिन शेषले राजस्व चुहावट गरेको अभियोगमा ७ करोड ५२ लाख विगो कायम गरी बाँके जिल्ला अदालतमा सोमबार मुद्दा दयार गरेको विभागले जनाएको  छ । 

नेपाल पान मसला उद्योग (स्थायी लेखा नं ६०४०६१३८४०)ले प्रचलित कानून बमोजिम अन्तःशुल्क स्टिकर टाँस नगरिएको तथा आ.व २०७३/७३,२०७४/७५र२०७५/७६ को खरीद खाता, बिक्री खाता, उत्पादन खाता, अन्तःशुल्क स्टिकरको विवरण, बैंक स्टेटमेन्ट, विद्युत खपतको विवरण त्रुटिपूर्ण रहेको भन्दै विभागले अन्तशुल्क हिनामिनाको मुद्दा दायर गरेको हो । 

 उद्योग विभागबाट कच्चा पदार्थ तथा प्याकेजिङ्ग मटेरियल खपत प्रयोग अनुपातको आधारमा छानवीन तथा अनुसन्धान गर्दा प्राप्त प्रमाणको आधारमा प्रतिवादीले कच्चा पदार्थको हिसाब किताब एवम् लेखा लापरवाही तथा त्रुटिपूर्ण रहेको जनाएको छ । 

 कच्चा पदार्थ एवम् प्याकेजिङ्ग मटेरियलको खपत र सो बाट हुने उत्पादनको हिसाब उद्योग विभागबाट प्राप्त भएको नर्म्स अनुसार नराखी बढी गुट्खा उत्पादन गरी स्टिकर नलगाएर बिक्री वितरण गरेको विभागको अनुसन्धानबाट फेला पारको जनाएको  छ।  

प्रतिक्रिया दिनुहोस