aarthiknews.com शुक्रबार, १९ जेठ २०८०   Friday, 02 June, 2023
 

अवस्था ठिक नभएका गाडी कुदाउने १० जनामाथि कारबाही

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • बुधबार, ०१ चैत्र २०७९
अवस्था ठिक नभएका गाडी कुदाउने १० जनामाथि कारबाही
NIBL

काठमाडौं । कीर्तिपुरमा मंगलबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका गाडी कुदाउने १० सवारी चालक कारबाहीमा परेका छन्।

एक सयभन्दा बढी सवारी साधन चेक गर्दा  हेण्डब्रेक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएकालगायत अवस्था ठिक नभएका १० ओटा सवारी साधनका चालकलाई कारबाही गरिएको हो।

सवारी साधन मर्मत पश्चात तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने छ।

अवस्था ठिक नभएका सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम हुने हुनाले सवारी साधनको अवस्था चेकजाँच गरी दुरुस्त अवस्थामा रहेका सवारी साधन मात्र चलाउन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले आग्रह गरेका छन्। 

प्रतिक्रिया दिनुहोस