aarthiknews.com आइतबार, १४ जेठ २०८०   Sunday, 28 May, 2023
 

आजको मौसम यस्तो छ, अपरान्हतिर पानी पर्ने सम्भावना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ चैत्र २०७९
Prabhu Bank
आजको मौसम यस्तो छ, अपरान्हतिर पानी पर्ने सम्भावना
NIBL

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी तथा हिमाली भू–भागहरूमा आँशिक बदली र तराई भेगमा मौसम सामान्यतया सफा रहेको छ । 

आज दिउँसो देशको पहाडी भू–भागहरूमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू–भागहरूमा आंशिक बदली रहने छ । कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा अपराह्णतिर मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक तथा हल्का वर्षाको सम्भावना रहेको छ ।   

त्यस्तै राती देशको पहाडी भू–भागहरूमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी, र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक तथा हल्का वर्षाको सम्भावना रहेको छ ।  

देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक तथा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस