aarthiknews.com शुक्रबार, १९ जेठ २०८०   Friday, 02 June, 2023
 

१०९ वर्षमा राष्ट्रिय परिचयपत्र बनाउँदै ओमलाल

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • मंगलबार, ३० फागुन २०७९
१०९ वर्षमा राष्ट्रिय परिचयपत्र बनाउँदै ओमलाल
NIBL

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ६ दिच्याम स्थित भगवती आधारभूत विद्यालयमा शुक्रवार सञ्चालित शिविरमा १०९ वर्षीय ओमलाल निउरेले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गरेका छन् । शिविरमा युवादेखि पूर्ण रुपमा अपाङ्गता भएका, ज्येष्ठ नागरिक तथा अन्य विभिन्न समस्या भएका, सिकिस्त बिरामी समेत शिविरमा पुगेर सेवा लिइरहेका छन् । 

म्याग्दीमा अहिले वडा स्तरमा राष्ट्रिय परिचयपत्र दर्ता शिविर सञ्चालन भइरहेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जी करण विभागद्वारा स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा बेनी नगरपालिकाबाट सुरु भएको दर्ता शिविर नगरपालिका र मङ्गला गाउँपालिकामा सकिएको छ । भने मालिकामा अन्तिम चरणमा रहेको छ । दैनिक रूपमा वडा स्तरमा सञ्चालित शिविरमा परिचयपत्रका लागि आवेदन दिनेको भिड लाग्ने गरेको छ । 

लौरीको सहारामा शिविरमा पुगेका निउरे सङ्गै अर्का १०० वर्षीय भक्तवीर रोकाले पनि आवेदन दर्ता गराएको गाउँपालिका रोजगार सहायक मिलन सुवेदीले जानकारी दिए । उनका अनुसार, आइतबार सम्पन्न शिविरमा वडा नम्बर ६ भित्रका १५५८ जनाले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दर्ता गरेका छन् । विभिन्न १३ किमिसमका सामग्री सहित २० जना जनशक्तिलाई घुम्ती टोली म्याग्दीमा छन् । सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्र राज पन्तले बेनी नगरपालिकामा ९ हजार ८४८ जना र मङ्गला गाउँपालिकामा ५ हजार आठ सय ३६ जनाले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दर्ता गरेका छन् ।

मालिकामा सकिएपछि चैत १ गतेदेखि धवलागिरिमा शिविर सुचारु हुने जानकारी दिए । यसअघि जिल्ला प्रशासन कार्यालयमा मात्र राष्ट्रिय परिचयपत्र दर्ता हुँदै आएको थियो । ७७ कात्तिक २४ देखि सुरु दर्ता सुरु भएको प्रशासनमा हालसम्म ३५ हजार जना बढीले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दर्ता गरेका छन् ।जिल्ला प्रशासन कार्यालय म्याग्दीमा राष्ट्रिय परिचयपत्र दर्ताको लागि अनलाइन टाइम कार्ड लागू गरिएको र १ वटा स्टेसन थपेर सेवालाई छिटो तथा सहज बनाउन पहल गरेको प्रजिअ तुलसीराम पौडेलले बताए ।

सरकारले नेपाली नागरिकको वैयक्तिक तथा जैविक विवरण सहितको परिचय खुल्ने गरी विद्युतीय प्रणालीबाट तथ्याङ्क तथा अभिलेख तयार गरी सुरक्षित भण्डारण व्यवस्थापन, उपयोग र नियन्त्रण गर्ने सो तथ्याङ्कका आधारमा राष्ट्रिय परिचय नं सहितको बहु उपयोगी राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने उद्देश्यले परिचयपत्र दर्ता गर्न घुम्ती टोली परिचालन गरेको हो ।

प्रतिक्रिया दिनुहोस