aarthiknews.com आइतबार, १७ मंसिर २०८०   Sunday, 03 December, 2023
 
Royal Enfield
sarbottamcement

प्राचीन विराट राजाको दरबार संग्रहालय उद्घाटन

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • सोमबार, २९ फागुन २०७९
Global IME
ime Limited
प्राचीन विराट राजाको दरबार संग्रहालय उद्घाटन
DHI
nmb

काठमाडौं । कोशी प्रदेशमा रहेको ऐतिहासिक सम्पदाको रुपमा परिचित प्राचीन विराट राजाको दरवारको संरक्षण, सम्बर्धन र प्रचार अभियानले प्राथमिकता पाएको छ । 

विराटनगर महानगरपालिका वडा नम्बर १८ स्थित भेडियारीमा रहेको प्राचीन विराट राजा दरबरलाई नेपाली सेनाले सङ्ग्रहालयको रुपमा स्थापित गरी ऐतिहासिक सम्पदाको संरक्षण, सम्बर्धन र प्रचारप्रसारको अभियानको कामलाई अगाडि बढाएको हो । 

नेपाली सेनाले विराट राजाको दरबार क्षेत्रलाई समेटेर निर्माण गरेको विराट राजा दरबार सङ्ग्रहालयको आइतबार सेनाका पूर्वी पृतनापति उपरथी डा. आशबहादुर तामाङले उद्घाटन गरी विराटनगर महानगरपालिकालाई हस्तान्तरणसमेत गरेका छन् । 

पृतनापति उपरथी तामाङ र २ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथी महेशकुमार थापाले संग्रहालय भवनको चाबी विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा निराला कार्कीलाई हस्तान्तरण गरेका थिए । 

सेनाले निर्माण गरी महानगरपालिकालाइ हस्तान्तरण भएको विराट राजा दरबार संग्राहलय आजैबाट सर्वसाधारणका लागि खुल्ला गरिएको छ । 

ऐतिहासिक सम्पदालाई संरक्षण, संवर्धन तथा जगेर्ना गर्ने उद्देश्यका साथ प्राचीन विराट राजा दरबार संग्राहालय भवन सेनाको भैरव दल गणले निर्माण हस्तान्तरण गरेको हो । नेपाली सेनाको क्विक इम्प्याक्ट प्रोजेक्ट अन्तर्गत १९ लाख ७५ हजारको लागतमा संग्रहालय भवन निर्माण भएको हो  

कार्यक्रममा महानगरपालिकाका प्रमुख कोइरालाले प्राचीन र ऐतिहासिक सम्पदा संरक्षण अभियानमा नेपाली सेनाले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै नव स्थापित सङ्ग्रहालयको विकास र विस्तारका लागि महानगरपालिकाको विशेष योजना अगाडि सार्ने बताए । 

महाभारत कालमा करिब ८ विगाहा ३ कठ्ठा १७ धुरमा फैलिएको यो स्थान भेडियारी राजा विराटको राजधानी रहेको तथा मत्सेय देशको नामले परिचित रहेको किवंदन्ती छ । 

सो क्षेत्रमा महाभारत कालमा पाँच पाण्डव युधिष्टिर, भीम, अर्जुन, नकुल र सहदेव र उनीहरूकी पत्नी द्रौपती गुप्तवासको क्रममा नाम परिवर्तन गरी राजा विराटको दरबारमा लुकेर बसेको जनविश्वास रहँदै आएको  छ । 

विभिन्न कालखण्डमा स्थानीयबासीले संरक्षण गर्दै आइरहेको र वि.सं. २०२७ सालमा नेपाल सरकारको पुरातत्व विभागले यस स्थानमा उत्खनन गर्दा प्राचीन कालमा प्रचलनमा रहेको पञ्चमार्क नामक चाँदीको चालिस वटा मुद्रासमेत भेटिए पश्चात यो क्षेत्र प्राचीन महाभारतकालमा विराट राज्यको राज दरबार भएको तथ्य पत्ता लागेको थियो । 

राजा विराट दरवार संग्रहालयको निर्माण र सञ्चालनले यस क्षेत्रको संरक्षण, सम्बर्धन र जगेर्नामात्र होइन, कोशी प्रदेशको पर्यटन प्रवर्धनमा समेत अपेक्षाकृत सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस