
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । देशको पहाडी भू–भागका केही स्थानहरुमा आँशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरूको मौसम आँशिक बदली देखि सामान्यतया सफा रहेको छ ।
आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै राती गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागमा एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक तथा हल्का वर्षाको सम्भावना रहेको छ ।
देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक तथा हल्का वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
प्रतिक्रिया दिनुहोस