करिब १० अंकले नेप्सेमा गिरावट - Aarthiknews
aarthiknews.com बुधबार, ०६ कार्तिक २०७६   Wednesday, 23 October, 2019
 
Bajaj_Bike

करिब १० अंकले नेप्सेमा गिरावट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ भदौ २०७६
Sunrise bank
करिब १० अंकले नेप्सेमा गिरावट
LBEF

काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक करिब १० अंकले घटेको छ । लगानीकर्ता ढुक्क हुन नसक्दा बजार निरन्तर ओरालो लाग्दै गएको छ ।
आज नेप्से परिसूचक ९.५४ अंकले घटेर ११६८.९१ बिन्दूमा झरेको छ । कुल १७३ कम्पनीको १४ लाख २८ हजारभन्दा बढी कित्ता शेयर  २९ करोड ५३ लाख रुपैयाँभन्दा बढीमा किनबेच भएको नेप्सेले जनाएको छ । सोमबार समग्र परिसूचकमा गिरावट आए पनि आँधीखोला लघुवित्त र हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै कमाएका छन् । यी कम्पनीको शेयर मूल्य करिब ५ प्रतिशतले बढेको छ । तर, युनाइटेड इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ । 
यस दिन सबैभन्दा बढी सिभिल बैंकको संस्थापक शेयर किनबेच भएको छ । यस कम्पनीको  ४ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । आज पनि कारोबारमा आएका  समूहमध्ये उत्पादन समूहबाहेक सबै समूहको परिसूचकमा गिरावट आएको छ । 

प्रतिक्रिया दिनुहोस