विमानस्थलबाट डेढ किलो सुनसहित तीन जना पक्राउ - Aarthiknews
aarthiknews.com आइतबार, २९ भदौ २०७६   Sunday, 15 September, 2019
 

विमानस्थलबाट डेढ किलो सुनसहित तीन जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ भदौ २०७६
Sunrise bank
विमानस्थलबाट डेढ किलो सुनसहित तीन जना पक्राउ
LBEF
NCH-IPS

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले एक किलो ४ सय ग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कतारको दोहाबाट सुन बोकेर आएका हेमबहादुर गुरुङ र सुन रिसिभ गर्न पुगेका अन्य दुई जना छन् ।

विमानस्थल प्रहरीका एक अधिकृतका अनुसार गुरुङ हिमालय एयरलाइन्सको उडान नं. एच९५६४ मार्फत काठमाडौं आएका थिए । उनले मसला पिस्ने ओखलमा लुकाएर सुन ल्याएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय प्रहरीले सुन तस्करीविरुद्ध आक्रमक अपरेशन थालेपछि तस्करी गर्ने समूहले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई प्रयोग गरेर स–सानाको परिणाममा सुन भित्र्याउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस