मुक्तिनाथ विकास बैंकद्वारा धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग - Aarthiknews
aarthiknews.com विहीबार, ०२ असोज २०७६   Thursday, 19 September, 2019
 

मुक्तिनाथ विकास बैंकद्वारा धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ भदौ २०७६
Sunrise bank
मुक्तिनाथ विकास बैंकद्वारा धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग
LBEF
NCH-IPS

काठमाडौं । मुक्तिनाथ विकास बैंकले धुर्मुस सुन्तली फाउन्डेसनको चर्चित योजना गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि पाँच लाख रुपैयाँ सहयोग गरेको छ । उक्त चेक मुक्तिनाथ विकास बैंकका कार्यकारी प्रमुख अधिकृत  प्रद्युमन पोखरेलले धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ( धुर्मुस ) लाई हस्तान्तरण गर्नुभएको थियो । 
हालै मात्र मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी  कार्तिक ३० गतेसम्म लागू हुने गरी रेमिट्यान्स केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियान सञ्चालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस