aarthiknews.com बुधबार, २० मंसिर २०८०   Wednesday, 06 December, 2023
 
Royal Enfield

सुजुकी ग्राण्ड भिटारा र नयाँ ब्रेजा सार्वजनिक, यस्ता छन् विशेषता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ फागुन २०७९
Global IME
सुजुकी ग्राण्ड भिटारा र नयाँ ब्रेजा सार्वजनिक, यस्ता छन् विशेषता
DHI
nmb

कठमाडौं । नेपालका लागि सुजुकी ब्राण्डको चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक तथा सिजी होल्डिङ्सले नेपालमा दुई नयाँ एसयूभी ‘द ग्राण्ड भिटारा’ र ‘ब्रेजा’ सार्वजनिक गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरेर यसको सार्वजनिक गरिएको हो । 

सो सार्वजनिक कार्यक्रममा दुवै गाडीका मूल्य पनि सार्वजनिक गरिएको छ । ‘द ग्राण्ड भिटारा’ सुजुकीको बहुप्रतिष्ठित मोडेल हो । यो नयाँ संस्करणको ग्राण्ड भिटारामा सुजुकीको आफ्नै Crafted Futurism Design Language को प्रयोग गरिएको छ । जसले अरु भन्दा फरक बाहिरी डिजाइन र प्रिमियम इन्टेरियर प्रदान गरेको छ । 

सुजुकीको लेजेण्डरी अलग्रिप टेक्नोलोजीले यस एसयूभीको अफ–रोड क्षमता बढाउँछ । साथै यो सेग्मेन्टको एसयूभीमा नभएको थुप्रै नयाँ फिचर्सहरु पनि पाउन सकिन्छ । ग्राण्ड भिटारामा भारतीय बजारमै पहिलो पटक अत्याधुनिक र कम इन्धन खपत गर्ने फुल हाइब्रिड प्रविधियुक्त इन्जिन प्रयोग गरिएको छ ।

पुरानो संस्करणको भिटारा ब्रेजा नेपालकै सर्वाधिक बिक्रि हुने एसयूभी हो । ब्रेजामा अत्याधुनिक प्रविधिहरू र नेक्स्ट जेनेरेशनको आराम र सुविधाजनक फिचर्सहरु पाउन सकिनेछ । एक ठूलो फड्को मार्दै यो स्पोर्टी एसयूभीले स्टाइलिश र रोमाञ्चक नयाँ डिजाइन, शक्तिशाली पर्फोमेन्स, उन्नत सुरक्षा सुविधाहरू प्रदान गर्दछ । नयाँ ब्रेजामा हाई–टेक सुविधाहरू छन् । जुन सहर र बाहिर सडकहरूमा ड्राइभ गर्दा वास्तवमै उपयोगी हुन्छन् । 

निकै प्रतिस्पर्धी एसयूभी सेग्मेन्टमा यी दुई एसयूभीले सुजुकीको उपस्थितिलाई अझै मजबुत बनाउने विश्वास कम्पनीले लिएको छ । सिजी होल्डिङ्सका कार्यकारी निर्देशक करण चौधरीका अनुसार पछिलो समयमा नेपाली बजारमा एसयूभीको माग उच्च रहेको बताए । उनका अनुसार यसको एउटा प्रमुख कारण हाम्रो देशमा रहेको फरक फरक ड्राइभिङ कन्डिसन हुन । जसको लागि एसयूभी उचित हुन्छ । साथै ग्राहकवर्गले आकर्षक डिजाइन, आरामदायी इन्टेरियर, नयाँ नयाँ अटो मोबाइल प्रविधियुक्त सवारी नै रोज्ने गर्दछन । सेगमेन्ट–फस्ट सुविधाहरू, प्रिमियम इन्टेरियर, आकर्षक डिजाइन र उन्नत अटो मोबाइल प्रविधियुक्त नयाँ ग्रान्ड भिटारा र ब्रेजा, यो सेगमेंटमा गेम चेञ्जर हुने कम्पनीले जनाएको छ । 

यस्तो छ मूल्य 

प्रतिक्रिया दिनुहोस