
काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ ० पैसा र बिक्री दर १३१ रूपैयाँ ६० पैसा तथा युरो एकको खरिद दर १३८ रूपैयाँ ०६ पैसा र बिक्री दर १३८ रूपैयाँ ६९ पैसा रहेको छ ।
त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १५५ रूपैयाँ ४ पैसा र बिक्री दर १५५ रूपैयाँ ७५ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १३८ रुपैयाँ ९६ पैसा र बिक्री दर १३९ रुपैयाँ ६० पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८६ रुपैयाँ ४७ पैसा र बिक्री दर ८६ रुपैयाँ ८७ पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस