aarthiknews.com बुधबार, २४ जेठ २०८०   Wednesday, 07 June, 2023
 

पृथ्वी राजमार्गको जामुने खैरेनी  सडक खण्ड एकतर्फी सञ्चालन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ फागुन २०७९
पृथ्वी राजमार्गको जामुने खैरेनी  सडक खण्ड एकतर्फी सञ्चालन
NIBL

चितवन । गाडी फसेर अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत तनहुँको जामुने खैरेनी खण्ड एकतर्फी सञ्चालनमा आएको छ । म्याग्दे गाउँपालिका–४ स्थित थर्पु घुम्तीमा सडकमा गाडी फसेर अवरुद्ध रहेको उक्त खण्ड आज बिहानदेखि एकतर्फी सञ्चालनमा आएको हो । 

आइतबार राति परेको वर्षाका कारण बाटो हिलाम्य हुँदा सडकमै गाडी फसेपछि राजमार्ग अवरुद्ध भएको थियो । बिहानदेखि एकतर्फीरुपमा सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाणले जानकारी दिए ।

 सडक दुईतर्फी सञ्चालनका लागि काम भइरहेको उनको भनाइ छ  । पृथ्वी राजमार्ग विस्तारका लागि काम भइरहँदा घाम लाग्दा धुलो र पानी पर्दा हिलोको समस्याले सर्वसाधारणलाई सास्ती भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस