aarthiknews.com बुधबार, २४ जेठ २०८०   Wednesday, 07 June, 2023
 

आजको मौसम, यी ठाउँमा छ पानी पर्ने र हिमपातको सम्भावना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ फागुन २०७९
आजको मौसम, यी ठाउँमा छ पानी पर्ने र हिमपातको सम्भावना
NIBL

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली देखी सामान्यतया सफा रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ । 

त्यस्तै राती कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

कोशी प्रदेश, गण्डकी प्रदेश, र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ । साथै लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा अपरान्हन्न पश्चात हावा हुरीको सम्भावना रहेको विभागले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस