aarthiknews.com मंगलबार, २३ जेठ २०८०   Tuesday, 06 June, 2023
 

जीवन विकास लघुवित्तले घटाएर लाभांश वितरण गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ फागुन २०७९
जीवन विकास लघुवित्तले घटाएर लाभांश वितरण गर्ने
NIBL

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले घटाएर वितरण गर्न निर्देशन दिएको छ । कम्पनीको फागुन ६ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा कुल ३७ दशमलव ३७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

हाल कम्पनीको चुक्तापूँजी रू. १ अबए ३ कराृेड ४२ लाख ८० हजार रहेको छ । सोही पूँजीको आधारमा २८ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ९ दशमलव ३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव कम्पनीले राष्ट्र बैंकको निर्देशन बमोजिम कुल ३३ दशमलव १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

अब कम्पनीले २६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ७ दशमलव १५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । यो लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

यस वर्ष कम्पनीले गत वर्षको तुलनामा निकै कम लाभांश प्रस्ताव गरेको हो । गत वर्ष कम्पनीले ७० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ३ दशमलव ६८ प्रतिशत नगद लाभांश गरी कुल ७३ दशमलव ६८ प्रतिशत लाभांश वितरण गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस