aarthiknews.com मंगलबार, २३ जेठ २०८०   Tuesday, 06 June, 2023
 

डिप्रोक्स र सपोर्ट लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ फागुन २०७९
डिप्रोक्स र सपोर्ट लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज
NIBL

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था र सपोर्ट लघुवित्त वित्तीय संस्ताको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । डिप्रोक्स लघुवित्तले फागुन १९ गते र सर्पोट लघुवित्तले फागुन २१ गते बुक क्लोज गर्दैछन् । सोही कारण यी दुई कम्पनीको आज सम्म कायम शेयरधनीले लाभांश पाउन र साधारण सभामा भाग लिन योग्य हुनेछन् । 

डिप्रोक्स लघुवित्तले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ११ दशमलव ०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले फागुन ३० गते साधारण सभा बोलाएको छ ।सभा होटल सेभेन स्टार प्रालि चितवनमा बिहान ११ बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ ।

त्यस्तै सपोर्ट लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट शेयरधनीलाई ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५८ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले चैत ४ गते साधारण सभा बोलाएको छ । सभा दुर्गा पार्टी ब्यालेस इटहरी सुनसरीमा बिहान ९ः३० बजे शुरु हुने कम्पनीले जानकारी दिएको हो । 
 

प्रतिक्रिया दिनुहोस