aarthiknews.com मंगलबार, २३ जेठ २०८०   Tuesday, 06 June, 2023
 

कहिलेसम्म कायम भएका शेयरधनीले पाउँछन् स्वरोजगार लघुवित्तको लाभांश ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ फागुन २०७९
कहिलेसम्म कायम भएका शेयरधनीले पाउँछन् स्वरोजगार लघुवित्तको लाभांश ?
NIBL

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले शेयरदर्ता किताब (बुक क्लोज) को मिति तोकेको छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि फागुन ३० गतेदेखि चैत्र ११ गतेसम्मका लागि शेयरदाखिला खारेज बन्द गर्ने निर्णय गरेको छ । 

जस अनुसार फागुन २९ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र कम्पनीले वितरण गर्ने लाभांश र सो साधारणसभामा भाग लिन पाउनेछन् । कम्पनीको साधारणसभा चैत्र ११ गते शनिबार बिहान हुने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । 

कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको २२ प्रतिशत बोनस शेयर र कर पयोजनका लागि १.१५७९ प्रतिशत नगद लाभांंश दिने निर्णय गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारणसभाबाट अनुमोदन भएपछि शेयरधनीहरुले पाउनेछन् । 

प्रतिक्रिया दिनुहोस