नीति आयोगको उपाध्यक्षमा डा झा नियुक्त - Aarthiknews
aarthiknews.com आइतबार, २९ भदौ २०७६   Sunday, 15 September, 2019
 

नीति आयोगको उपाध्यक्षमा डा झा नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ भदौ २०७६
Sunrise bank
नीति आयोगको उपाध्यक्षमा डा झा नियुक्त
LBEF
NCH-IPS

काठमाडौं । प्रदेश नं २ सरकारले प्रदेश नीति आयोगको उपाध्यक्षमा डा भोगेन्द्र झालाई नियुक्त गरेको छ ।

डा झा त्रिभुवन विश्वविद्यालयअन्तर्गत रामस्वरूप रामसागर बहुमुखी क्याम्पस जनकपुरधाममा अर्थशास्त्र विषयको प्राध्यापक थिए । आयोगका उपाध्यक्ष डा हरिवंश झालाई हटाई डा. झालाई नियुक्त गरिएको हो ।

झाको आजै सपथ ग्रहण समेत गराइने मुख्यमन्त्री कर्यालयले जनाएको छ । त्रियुवन विश्वविद्यालय अन्तर्गत अर्थशास्त्रको प्राध्यापकबाट केही वर्ष अघि अवकाशग्रहण गरेका डा. झा नेपालको चर्चित अर्थशास्त्रीको रुपमा चिनिन्छन् ।

निति आयोगका यसअघि रहेका उपाध्यक्ष डा. हरिवंश झलाई हटाइएको छ । डा. हरिवंशकै ठाउँमा उनलाई ल्याइएको हाे । डा. हरिवंशलाई निति आयोगवाट किन हटाइएको प्रदेश सरकारले जानकारी दिएको छैन तर स्रोतका अनुसार समाजवादी पार्टीका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले दूई महिना अघि देखिनै उनलाई हटाउन प्रदेश २ का मुख्यमन्त्रीलाई निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस