
काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७८/७९ को लाभांश प्रस्ताव गरेको छ । फागुन १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।
हाल कम्पनीको चुक्तापूँजी रू. ७९ करोड १९ लाख ८४ हजार रहेको छ । सोही पूँजीका आधारमा कम्पनीले रू. ११ करोड ८७ लाख ९७ हजार बराबरको बोनस शेयर वितरण गर्न लागेको हो । प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
साविक वोमी लघुवित्त वित्तीय संस्था र साविक सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जरमा गई २०७८ साल चैत १९ गतेदेखि एकिकृत कारोबार गरेकाले लाभांश करमा छुट पाएको छ ।
प्रतिक्रिया दिनुहोस