aarthiknews.com मंगलबार, २३ जेठ २०८०   Tuesday, 06 June, 2023
 

आज कहाँ छ पानी पर्ने सम्भावना ? हेर्नुहोस् मौसम विवरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ फागुन २०७९
आज कहाँ छ पानी पर्ने सम्भावना ? हेर्नुहोस् मौसम विवरण
NIBL

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभावको प्रभाव रहेको जनाएको छ । हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको विभागको भनाइ रहेको छ ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । 

त्यस्तै राती गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

देशका पहाडी भू–भागका एक-दुई स्थानमा मेघ गर्जन रचट्याङ सहित हल्का वर्षाको सम्भावना रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै  स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस