aarthiknews.com शुक्रबार, २६ जेठ २०८०   Friday, 09 June, 2023
 

अक्षय कुमारको सेल्फीले बनायो निराश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ फागुन २०७९
अक्षय कुमारको सेल्फीले बनायो निराश
NIBL

एजेन्सी। बलिउड अभिनेता अक्षय कुमार र इमरान हाशमीको फिल्म सेल्फी बक्स अफिसमा असफल साबित भएको छ । फिल्मले तीन दिनमा मात्र १०.२४ करोड भारु सङ्कलन गरेको छ । फिल्मले यति खराब प्रदर्शन गर्छ भनेर कसैले अनुमान गरेको थिएन । अक्षय आफैँले पनि यस्तो अपेक्षा गरेका थिएनन् ।

फिल्मले रिलिजको पहिलो दिन २.५५ करोडको खराब ओपनिङ गरेको थियो । सप्ताहन्तमा फिल्मको कमाइमा उछाल आउने अपेक्षा गरिएको थियो तर त्यो हुन सकेन। फिल्मको दोस्रो र तेस्रो दिनको कमाइमा केही वृद्धि भएको छ । 

तर, पाँचौँ हप्तामा चलिरहेको पठानको प्रदर्शन सेल्फीको भन्दा राम्रो छ । आइतबार पठानले २.४५ करोड र सेल्फीले ३.८९ करोड सङ्कलन गरेको छ । तर, पठान सिनेमा घरमा एक महिनाभन्दा बढी समयदेखि चलिरहेको बेला सेल्फी रिलिज भएको तीन दिन मात्रै भएको छ । फिल्मको कलेक्सन शेयर गर्दै ट्रेड एनालिस्ट तरण आदर्शले सेल्फीको तथ्याङ्क हिन्दी फिल्म उद्योगलाई निराश बनाउन पर्याप्त रहेको लेखेका छन् ।

सेल्फीको बक्स अफिस सङ्कलनलाई लिएर सामाजिक सञ्जालमा विभिन्न मेम्स भाइरल भइरहेका छन् । पठान र सेल्फीको कलेक्सन सेयर गर्दै मानिसहरूले चुटकी बजाएका छन्।

अक्षय कुमारको पछिल्लो १३ वर्षको रेकर्ड हेर्दा सेल्फी उनको सबैभन्दा कम (२.५५ करोड) ओपनिङ फिल्म बनेको छ । कोभिडको समयमा रिलिज भएको फिल्म बेलबटमले पनि सेल्फीबाट राम्रो ओपनिङ पाएको थियो। बेलबटमले पहिलो दिन २.७५ करोड कमाएको थियो । १२० करोड बजेटको यो फिल्मको आँकडा हेर्दा यो फिल्म डिजास्टरतर्फ जाँदै छ भन्नु गलत हुनेछैन ।

प्रतिक्रिया दिनुहोस