aarthiknews.com मंगलबार, २३ जेठ २०८०   Tuesday, 06 June, 2023
 

आशा लघुवित्तको लाभांश घटाएर स्वीकृत, अब १५ प्रतिशत मात्र वितरण हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ फागुन २०७९
आशा लघुवित्तको लाभांश घटाएर स्वीकृत, अब १५ प्रतिशत मात्र वितरण हुने
NIBL

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले कुल १५ प्रतिशत लाभांश मात्र वितरणका लागि स्वीकृति पाएको छ । नेपाल राष्ट्र बैंकले कम्पनीलाई गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट १४ दशमलव २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७१ प्रतिशत नगद लाभांश वितरणका लागि स्वीकृति प्रदान गरेको हो । 

हाल कम्पनीको चुक्तापूँजी रू. ३३ करोड ३९ लाख १४ हजार रहेको छ । कम्पनीको माघ २३ गतेको सञ्चालक समितिको बैठकले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश गरी कुल २१ दशमलव शून्य ५३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो । नेपाल राष्ट्र बैंकले कम्पनीलाई घटाएर लाभांश वितरण गर्न स्वीकृति प्रदान गरेको हो । 
 

प्रतिक्रिया दिनुहोस