
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले यस अघि प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ । पुस १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. १ अर्ब १८ करोड ६१ लाख ४४ हजारको आधारमा ६ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो ।
उक्त प्रस्ताव नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशनमा संशोधन गरी ३ दशमलव ३२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव १७५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय कम्पनीले गरेको हो ।
प्रतिक्रिया दिनुहोस