
काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले चैत ३ गते २६औं वार्षिक साधारण सभा बोलाएको छ । फागुन १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले डेलिस ओपेरा रेष्ट्रो एण्ड बैंक्वेट, बालुवाटार, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याउनेछ । यस वर्ष कम्पनीले लाभांश वितरणको प्रस्ताव भने गरेको छैन् ।
गत वर्ष १८ दशमलव ५३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ९८ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले यस वर्ष लगानीकर्ताको हात खाली बनाएको हो ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि फागुन १९ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन १८ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस