
काठमाडौं । नाडेप लाघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा बोलाएको छ । संस्थाले चैत ८ गते सभा नैविसे एग्रो रिसोर्ट धादिङमा बिहान ११ बजे साधारण सभा गर्न लागेको हो ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरण लगायतमा छलफल हुने कम्पनीले जनाएको छ । सभामा आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ ।
सभा प्रयोजनका लागि संस्थाले फागुन २१ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, फागुन १८ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् । यस अघि संस्थाले घोषणा गरेको १०.५२६ प्रतिशत लाभांश राष्ट्र बैंकले रद्द गरेको थियो ।
प्रतिक्रिया दिनुहोस