aarthiknews.com शुक्रबार, १२ असोज २०८०   Friday, 29 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम सञ्चालन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० फागुन २०७९
himalayanlife
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम सञ्चालन
DHI
NIBL

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी तालिम संचालन गरेको छ । फाल्गुण १ गतेदेखी ९ गतेसम्म कम्पनीको प्रधान कार्यालय थापाथलीमा कम्पनीमा कार्यरत सम्पूर्ण कर्मचारीहरुका लागि सो तालिम आयोजना गरिएको थियो । 

काठमाडौं उपत्यका बहिरका स्थानहरु बर्दिबास, मिर्चैया, गाईघाट, बिराटनगर, धरान, इनरुवा, बिराटचोक, बिर्तामोड लगायतका विभिन्न स्थानमा कम्पनीसँग आवद्ध अभिकर्ता एवम सम्पुर्ण कर्मचारिहरुको सहभागितामा सो तालिम कार्यक्रम संचालन गरिएकोे थियो । 

कम्पनीको व्यवस्थापन समुह समेतको उपस्थिती रही कम्पनीका सम्पुर्ण कर्मचारिहरुलाई दिइएको तालिम कम्पनीका कानुन, अनुपालन तथा जोखिम व्यवस्थापन अधिकृत बिदुर बहादुर भुजेलले प्रस्तुत गरेका थिए । 

उक्त तालिममा गैर कानुनी कमाई र आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमाको माध्यमबाट सेतो धन बनाउने कार्यलाई कसरी नियन्त्रण गर्न सकिन्छ, यसका प्रकृयाहरु के के हुन, रिपोर्टिङ कसरी गर्ने आदि विषयमा विस्तृत जानकारी दिइएको थियो ।

साथै काठमाडौं उपत्यका बाहिरका स्थानहरुमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल स्व्यमले नै प्रस्तुत गरेका थिए । उनले यसको महत्व र प्रभावका साथै यसलाई कार्यन्वयन गर्न हरेक कर्मचारीले गर्नुपर्ने कामको बारेमा जानकारी दिए । साथै यस प्रकारको कार्यक्रम देशभरी क्रमशः विस्तार गरिने समेत बताए । 
 

प्रतिक्रिया दिनुहोस