
काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई गत आर्थिक वर्षको नाफाबाट लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको ७ प्रतिशतका दरले हुन आउने ३ करोड २९ लाख ९५ हजार ९३७ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि ०.३६८४ प्रतिशतका दरले हुन आउने १७ लाख ३६ हजार ६२८ रुपैयाँ बराबरको नगद लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीले नगद र बोनस गरी कुल ७.३६८४ प्रतिशतका दरले हुन आउने ३ करोड ४७ लाख ३२ हजार ५६५ रुपैयाँ बराबरको लाभांश दिने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी ४७ करोड १३ रुपैयाँ रहेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस