aarthiknews.com आइतबार, २१ जेठ २०८०   Sunday, 04 June, 2023
 

चैत्र २ गतेदेखि ‘मुन्द्रेको कमेडी क्लब’ प्रसारण हुने, मुख्य प्रायोजकमा सिटी एक्सप्रेस

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ फागुन २०७९
चैत्र २ गतेदेखि ‘मुन्द्रेको कमेडी क्लब’ प्रसारण हुने, मुख्य प्रायोजकमा सिटी एक्सप्रेस
NIBL

काठमाडौं । आगामी चैत्र २ गतेदेखि ‘मुन्द्रेको कमेडी क्लब’ प्रसारण हुने भएको छ । कि इन्टरटेन्मेन्ट तथा एडी रिलिजको सहकार्यमा यही चैत्र २ गतेदेखि कमेडी सो मुन्द्रेको कमेडी क्लब नियमित रूपमा उत्पादन गरी सिटी एक्सप्रेस मुन्द्रेको कमेडी क्लबको नामबाट प्रसारण हुने भएको छ । 

उक्त कार्यक्रम कान्तिपुर टेलिभिजनमा प्रसारण हुनेछ भने युट्युबमा ओएसआर डिजिटलबाट प्रसारण हुनेछ । उक्त कार्यक्रमको मुख्य प्रायोजकमा सिटी एक्सप्रेस मनि ट्रान्सफर रहेको छ । साथै कार्यक्रमको मार्केटिङ एडी रिलिज पालिले गर्दैछ । 

चैत्र २ गतेबाट प्रत्येक बिहिबार बेलुकी ९ः०० बजे कान्तिपुर टेलिभिजनबाट प्रसारण गरिने मुन्द्रेको कमेडी क्लबका मुख्य कलाकारका रूपमा चर्चित हास्य कलाकार जितु नेपाल र नायिका प्रियांका कार्की रहेका छन् । त्यसैगरि कलाकारहरू दमन रुपाखेती, राजेन्द्र नेपाली ‘लट्टे’, प्रभात लामा, दिनेश काफ्ले, श्याम राना, एलिना बास्कोटाको साथै अन्य कलाकारहरू पनि विभिन्न भागहरूमा उपस्थिति रहनेछ । 

कार्यक्रमको निर्देशन दिनेश डिसिले गर्ने भएका छन् । यस कार्यक्रमबाट हाँसो र व्यङ्ग्य मार्फत परिवार, समाज र आम जनमानस समाजलाई सु– सूचित हुने अवसर मिल्ने जनाइएको छ ।   

 

प्रतिक्रिया दिनुहोस