aarthiknews.com मंगलबार, २३ जेठ २०८०   Tuesday, 06 June, 2023
 

आज कस्तो छ देशभरको मौसम ? हेर्नुहोस् विवरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ फागुन २०७९
आज कस्तो छ देशभरको मौसम ? हेर्नुहोस् विवरण
NIBL

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं १, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली  रही बाँकी भू–भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो प्रदेश नं १ लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भू–भागहरूमा आंशिक बदली रहनेछ । छ । प्रदेश नं १ का पहाडी भ–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै राती प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू–भागहरूमा आंशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ । प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको साथै प्रदेश नं १को पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको हुनाले मौसम सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहन विभागले अनुरोध गरेको छ । 

प्रतिक्रिया दिनुहोस