aarthiknews.com मंगलबार, २३ जेठ २०८०   Tuesday, 06 June, 2023
 

डिप्रोक्स लघुवित्तको साधारण सभा फागुन ३० मा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ फागुन २०७९
डिप्रोक्स लघुवित्तको साधारण सभा फागुन ३० मा
NIBL

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २१औं वार्षिक साधारण सभा फागुन ३० गते गर्ने भएको छ । सभा होटल सेभेन स्टार प्रालि सौराहा, चितवनामा हुने कम्पनीले जानकारी दिएको छ । 

सभाले १० प्रतिशत बोनस शेयर र ११ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले फागुन १९ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । 

यसको आधारमा फागुन १८ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योेग्य हुनेछन् । फागुन ८ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
 

प्रतिक्रिया दिनुहोस