aarthiknews.com शुक्रबार, १२ असोज २०८०   Friday, 29 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

तनहुँको आँबूखैरेनीमा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ फागुन २०७९
himalayanlife
तनहुँको आँबूखैरेनीमा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
DHI
NIBL

काठमाडौं । तनहुँको आँबूखैरेनीमा बीमा सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरणको आयोजनामा आइतबार गण्डकी प्रदेशको तनहुँ जिल्लाको आँबूखैरेनी गाउँपालिकामा बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा आँबूखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले नागरिकका जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षा गर्नु गाउँपालिकाको पनि दायित्व भएकाले नीति तथा कार्यक्रममा नै समावेश गरी बीमा कार्यक्रमलाई अगाडि बढाउने बताए  ।

अध्यक्ष चुमानले गाउँपालिकामा रहेको विपद् कोषलाई बीमासँग आवद्ध गर्न र विपन्न बर्गको बीमाका लागि आवश्यक व्यवस्था गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै, उनले बीमा कम्पनीहरुले गाउँपालिकामा आएर बीमा गराउन ध्यान नदिएको गुनासो समेत गरे ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक निर्मल अधिकारीले बीमा सम्बन्धी जानकारीमूलक प्रस्तुती गर्दै नीति तथा कार्यक्रममा बीमा कार्यक्रमलाई समावेश गर्न र सबैको दुर्घटना बीमा गर्न गाउँपालिकासँग आग्रह गरे ।

कार्यक्रममा आँबूखैरेनी गाउँपालिकाका वडा अध्यक्ष तथा सदस्य, प्रमुख प्रशासकीय अधिकृत र कर्मचारी, नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक लोक प्रसाद काफ्ले, जिल्लास्थित बीमा, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, बीमा अभिकर्ता, अगुवा कृषक र संचारकर्मीहरु लगायत गरी करिव ९५  जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस