दशैंकाे लागि डीडीसीको घ्यू ५० रुपैयाँ सस्तो - Aarthiknews
aarthiknews.com बुधबार, २९ असोज २०७६   Wednesday, 16 October, 2019
 
Bajaj_Bike

दशैंकाे लागि डीडीसीको घ्यू ५० रुपैयाँ सस्तो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० भदौ २०७६
Sunrise bank
दशैंकाे लागि डीडीसीको घ्यू ५० रुपैयाँ सस्तो
LBEF
NCH-IPS

काठमाडौं । सरकारी स्वमित्वको दुग्ध विकास संस्थानले नजिकिएका ठूला चाडपर्वमा घ्यूको मूल्यमा सहुलियत दिने भएको छ । हाल ९ सय रुपैयाँमा विक्री भइरहेको डीडीसीको घ्यूमा प्रतिकिलो ५० रुपैयाँ छुट दिने भएको हो ।

यस्तै पनिरमा पनि प्रतिकिलो १० रुपैयाँ छुट हुने संस्थानले जनाएको छ । अहिले पनिर प्रतिकिलो ७३० रुपैयाँमा बिक्री भइरहेको छ ।

तर, बिहीबार मात्रै संस्थानले दूधको मूल्य बढाएका कारण पनिरको साबिक मूल्य भने हेरफेर हुनसक्ने संस्थानका योजना तथा बजार व्यवस्थापन विभाग प्रमुख सञ्जीव झाले बताए । यद्यपि बढेको मूल्यमा भए पनि संस्थानले प्रतिकिलो १० रुपैयाँ छुट गर्ने जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });